नव जोडी लक्ष्मण-सुनिताको नयाँ गीत 'बिहे गरियो' सार्वजनिक

काठमाडाैं - इन्जिनियर लक्ष्मण न्यौपाने र चर्चित गायिका सुनिता बुढा क्षेत्रि भर्खर मात्र विवाह बन्धनमा बाँधिएका छन् । केही समयको प्रेम सम्बन्ध पछि उनीहरू बिहे गरेका हुन । 

आफ्नो बिहेको विषयलाई यो जोडीले नयाँ गीत "बिहे गरियो" मार्फत सार्वजनिक गरेका छन्। गीतमा दाम्पत्य जीवनको मिठास झल्काउने विषय समावेश छ

"बिहे गरियो - दुई मुटु गासियो बिहे गरियो,

साथ नछोडे तिम्रै हुम केरे।"

लक्ष्मण न्यौपाने र सुनिता बुढा क्षेत्रिकै स्वरमा सजिएको गीतमा संगीत चर्चित सर्जक नन्दु परियारले भरेका हुन् भने शब्द लेखन लक्ष्मण न्यौपानेले गरेका छन्। गीत सुनिता बुढा क्षेत्रिकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।

 

प्रतिक्रिया