बिहीबार पनि घट्यो शेयर बजार,लगानीकर्ताहरू निराश

काठमाडौं - साताको अन्तिम दिन बिहिबार पनि नेप्से परिसूचक दोहोरो अङ्कले घटेर बजार बन्द भएको छ। नेप्से घटे पनि आज भने कारोबार रकममा केही सुधार देखिएको छ। 

यो हप्ता सेयर लगानीकर्ताहरूको लागि त्यति सुखद हुन सकेन। कारोबार भएका अधिकांश दिन नेप्से परिसूचक घटेर बजार बन्द भएको छन्। 

बिहिबार परिसूचक २० अङ्कले घटेर समग्र बजार

२००५ बिन्दुमा आएको छ। आज ३ अर्ब २० करोडभन्दा धेरैको सेयर किनबेच भएको छ। 

कारोबार भएका ३००९ कम्पनीमा केवल ४९ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने बाँकी सबैको घटेको छ। त्यस्तै आज हिमालयन रिइन्सुरेन्सको सेयर सबैभन्दा धेरै किनबेच भएको छ।

वित्त र उत्पादन उपसमूह आज बढेका छन् भने बाँकी सबै उपसमूह घटेका छन्। उपसमूह अन्तर्गत बीमा समूहलाई सबैभन्दा धेरै दबाब परेको छ।

नेप्से घटे पनि आज तीनवटा कम्पनीको सेयर मूल्य भने १०%को हाराहारीले बढेका छन्। निरन्तर बजार ओरालो लागेसँगै नयाँ लगानीकर्ताहरूले भने निराश बनेका छन् । 

 

प्रतिक्रिया