काठमाण्डौ - पछिल्लो समय ब्याज दरमा उल्लेख्ख वृद्धि हुने हल्लाका बीच केही वित्तीय संस्थाले सार्वजनिक गरेको ब्याजदरमा भने त्यस्तो देखिन सकेको छैन ।
बैंकहरुले समेत यही हप्ता भरीमा ब्याजदर सार्वजनिक गर्ने अनुमान छ ।
फाइनान्सले सार्वजनिक गरेको बेस रेटमा गिरावट देखिएको छ ।
जसमध्ये सबैभन्दा थोरै आधारदर आइसीएफसी फाइनान्सको रहेको छ । साउन मसान्तसम्म आइपुग्दा यसको आधार दर ८.७१% रहेको छ । यसमा कर्जाको प्रकृति हेरेर आधार दरमा ७% सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने कम्पनीले जनाएको छ । सबैभन्दा धेरै आधार दर बेष्ट फाइनान्सको १०.४६% रहेको छ ।
तथापि, यसमा ४% सम्म मात्रै प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने कम्पनीले जनाएको छ । यता, केही फाइनान्स कम्पनीले बचतमा अधिकतम ६.५% ब्याजदर दिने जनाएका छन् । भने केही फाइनान्स कम्पनीले मुद्दति निक्षेपमा अधिकतम ९% ब्याज दिने जनाएका छन् । अब हेरौं, कुन फाइनान्स कम्पनीले कर्जा र निक्षेपमा कति प्रतिशत दिन्छन् ब्याज ?