बुधबारको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.३८ अंकले घटेर २,६५५.९४ विन्दुमा झरेको छ। सूचक १.२० प्रतिशतले घट्दा बजारमा साढे सात अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आजको दिन कुल ३०८ वटा कम्पनीको सेयर किनबेच भएको छ, जसअन्तर्गत ६४ हजार १४० पटक कारोबार भएको हो। कारोबारमा १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँ पुगेको छ।
बजारमा आज २८ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ भने २१७ कम्पनीको मूल्य घटेको छ। एक कम्पनीको मूल्य भने स्थिर रहेको छ।
लगानीकर्ताको चासो बढ्ने उत्पादन तथा प्रशोधन समूह र म्युचुअल फन्ड समूहबाहेक बाँकी सबै समूह राताम्य भएका छन्। उत्पादन तथा प्रशोधन समूह ०.३९ अंकले र म्युचुअल फन्ड समूह ०.२१ प्रतिशतले बढेका हुन्।
समूहगत रूपमा सबैभन्दा ठूलो गिरावट विकास बैंक समूहमा देखिएको छ, जुन २.०९ प्रतिशतले घटेको हो। त्यसपछि सबैभन्दा कम गिरावट ट्रेडिङ समूहमा देखिएको छ, जुन ०.३० प्रतिशतले मात्र घटेको हो।