स्थानीयले आइपीओ भर्नै छाडे,मागे जति आवेदन नपरेपछि म्याद थपियो

काठमाडौं - सर्वसाधारणको लागि सार्वजनिक गरिएको आइपीओमा अध्याधिक आवेदन परे पनि स्थानियको लागि निष्कासित शेयरमा खासै आकर्षण देखिएको छैन । 

केही समय अघि आइपीओ निष्कासन गरेको सान्जेन जलविद्युत कम्पनी लिमिटेड(SJCL) ले आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा अब असाेज ३० गतेसम्म आवेदन दिन सकिनेछ ।कम्पनीले आयोजना प्रभावित क्षेत्रमा बासिन्दाहरुको लागि निष्काशन गरिरहेको शेयर निष्काशन खुला रहने अवधी १५ कार्य दिन थप गरिएको जनाएको छ । 

यस बीचमा दशैंको विदा पर्ने भएको भएकोले आयोजना प्रभावित स्थानीय वासिन्दाले असाेज ३० गतेसम्म आवेदन दिन सकिनेन् ।

 

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ३६ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । सो शेयरमा अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं। ५ चिलिमे, प्रभावित वर्ग आयेजनाले निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमाटादिङमो गाउँपालिका वडा नं। ४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरुका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

//