काठमाडौं - भर्खर मात्र आइपिओ सार्वजनिक गरेर दोस्रो बजारमा कारोबार भइरहेको सर्वोत्तम सिमेन्टले बोनस घोषणा गरेको छ। कम्पनीले आफ्ना लगानीकर्ताहरूको लागि नगद लाभंशको प्रस्ताव गरेको छ।
चैत २० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गर्नुका साथै १५% नगद लाभंशको प्रस्ताव गरेको छ।
कम्पनीको साधारण सभा आगामी वैशाख १२ गते गर्ने गरी मिति तय गरिएको छ। कम्पनीको साधारण सभा भैरवामा हुनेछ।
सभामा शेयरधनीहरुलाई कम्पनीकाे आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट हालको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रूपैयाँको १५ प्रतिशतले हुन आउने ६९ करोड ७५ लाख रुपैयाँ नगद लाभांश पारित गरिने भएकाे हाे।