नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई आइतबार बिहान मस्तिष्कघात भएको छ। केही दिनअघि मात्र उच्च अदालत वीरगञ्जको आदेशमा नख्खु जेलबाट रिहा भएका आलमलाई मस्तिष्काघात भएपछि उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएको हो। अस्पताल स्रोतका अनुसार उनलाई आइसियुमा राखेर उपचार भइरहेको छ।
बिहान करिब १० बजे अस्पताल पुर्याउँदा उनको बोली अस्पष्ट थियो र शरीरको दाहिने भाग नचल्ने अवस्थामा थियो। एमआरआई परीक्षणपछि उनलाई एक्युट ब्रेन स्ट्रोक भएको पुष्टि गरिएको छ। बालकलाई इँटाभट्टामा जिउँदै जलाएको अभियोगमा रौतहट जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका आलमलाई हालै उच्च अदालतले सफाइ दिएको थियो।