आकाशियो सुनको मूल्य,कतिमा हुँदै छ आजको कारोबार

काठमाडौंँ - सुनचाँदीको भाउ निरन्तर दोश्रो दिन महंगिएको छ । जेठ २० गते, शुक्रबार सुन तोलामा ९०० रुपैयाँले बढेको छ । यस दिन चाँदीको भाउ पनि तोलामै २५ रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापाावाल सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार रुपैयाँ पुगेको छ ।बिहीबार पनि सुन तोलामा ४०० रुपैयाँले उकालो लागेर प्रतितोला ९७ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस साता सुन तोलामा ५०० रुपैयाँले बढेको छ । गत शुक्रबार सुन प्रतितोला ९८ हजार रुपैयाँ तोकिएको थियो । त्यसपछि भने सुनको भाउमा सामान्य उतारचढाव देखिएको थियो । यो साताको न्यूनतम कारोबार मूल्य बुधबार प्रतितोला ९७ हजार २०० रुपैयाँ रहेको थियो । साताभरमा सुन सबैभन्दा महंगो भने सुन आज नै रहेको छ ।

साताको अन्तिम कारोबार दिन,चाँदीको मूल्य पनि महंगिएको छ । यस दिन चाँदी प्रतितोला २५ रुपैयाँले बढेर एक हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ ।

साताभरमा चाँदीको मूल्य पनि वृद्धि भएको महासंघको तथ्यांकमा देखिन्छ । अघिल्लो साताको अन्तिम कारोबार दिन, चाँदी प्रतितोला एक हजार २८० रुपैयाँ कायम रहेको थियो ।

त्यसपछि यो साता चाँदीको मूल्यमा उतारचढाव रहिरह्यो ।यस साता चाँदी सर्वाधिक सस्तो बुधबारको दिन प्रतितोला एक हजार २५० रुपैयाँ रहेको थियो । यसैगरी साताभरमा चाँदी आज सर्वाधिक उच्च मूल्यमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया