‘पैसा कमाइ केटी’ छोटो समयमा लोकप्रिय

गायिका जमुना सनमको नयाँ गीत पैसा कमाइ केटी सार्वजनिक भएको छोटो समयमै दर्शकको रोजाइमा परेको छ। जीवनका यथार्थ पक्षहरू प्रस्तुत गरिएको गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

जिवनलाई सरल ढंगले जिउन पैसाको भूमिका महत्वपूर्ण हुने सन्देश बोकेको गीतमा गायिका जमुना सनम र शान्ती श्री परियारको स्वर रहेको छ। गीतका शब्द र संगीत राजु सनमले तयार गरेका हुन्।

गीतको म्युजिक भिडियोमा कलाकार अञ्जली अधिकारी र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन रामजी लामिछानेले गरेका हुन्। उत्कृष्ट शब्द, संगीत र प्रस्तुतिका कारण यो गीत छोटो समयमै चर्चा र लोकप्रियता कमाउन सफल भएको छ।

 

प्रतिक्रिया