काठमाण्डौ । केहि समय पहिला प्राथमिक शेयर निष्कासन गरेर दोस्रो बजारमा प्रवेश गरेको जीवन विकास लद्युवित्तको शेयरमा लगातार सर्किट लागेर कारोबार भइरहेको छ ।
आइतबार पनि कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । योसँगै शेयर मूल्य समेत ४२९६ रुयैयाँ पुगेको छ । आज मात्र ३९० रुयैयाँ प्रति शेयर मूल्य बृद्धि भएको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर खरिदमा एक लाख भन्दा धेरैको माग रहेको छ भने ६६५ कित्ता शेयरको कारोबार भएको छ ।
एक हजार लगानी गरेर शेयर धनिहरुले ४१ हजार भन्दा धेरै कमाउन सफल भएका छन ।