विमानस्थलमा मोबाइल जफत गर्नेलाई कारवाही गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइल जफत गर्नेलाई कारबाही गर्न निर्देशन दिएका हुन ।

सोमबार विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएको मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जफत गरेको थियो। उक्त घटनामा प्रधानमन्त्री दाहालले अर्थ मन्त्रालयलाई तत्काल कारबाही अगाडि बढाउन निर्देशन दिएका हुन्।

अमेरिकाबाट नेपाल आएका झापाका दुधलाल नेम्वाङको सोमबार आफ्नो बाहेक अतिरिक्त मोबाइल ल्याएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार विभागले मोबाइल जफत गरेको थियो।

त्यस्तै विदेश गएका नेपालीहरुले आफूसँग फर्किँदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन दाहालले निर्देशन दिएका छन्।

प्रतिक्रिया