शेयर बाजार निरन्तर ओरालो लाग्दै,कारोबार रकम पनि घट्यो

काठमाडौं । शेयर बजारमा ओरालो यात्राले यो साता पनि निरन्तर पाउने देखिएको छ । साताको सुरुवात मै शेयर बजार दोहोरो अकंले घटेको छ । बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गर्ने मिति नजिकिदै जाँदा समेत शेयर बजारमा सुधार आउन सकेको छैन ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.४७ अकंले घटेर १९२६.२८ बिन्दुमा बन्द भएको छ । बिहिबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.१३ अकंले घटेर १९३७.७४ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको २५ लाख २४ हजार २२४ कित्ता शेयर किनबेच हुदाँ ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँको कारोबार भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३४ लाख १ हजार ७६२ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४ करोड ४४ लाख ४० हजार ६४६ रुपैयाँको कारोबार भएको थियो ।

 

आज नेप्से ओरालो लागेसँगै कारोबार समेत निकै तल खुम्चिएको छ । आज सर्वाधिक शेयर खरिद बिक्री हुने कम्पनीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीको आज ३ करोड ९५ लाख ७८ हजार रुपैयाँको कारोबार भएकोछ ।

त्यस्तै, नबिल बैंकको ३ करोड १७ लाख ५० हजार रुपैयाँ, रिडी पावरको २ करोड ७५ लाख ६४ हजार रुपैयाँ, अपी पावरको २ करोड २२ लाख ४३ हजार रुपैयाँ र नेपाल टेलिकमको २ करोड ५ लाख ५५ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया