वाणिज्य बैंकहरुमा निक्षेप संकलन ह्वात्तै बढेको छ । पछिल्लो समय तरलता अभाव बढ्दै गएपछि राष्ट्र बैंकले विभिन्न तरिका अपनाएर तरलता बजारमा पठाएपछि केही सहजता भएको हो । नेपाल बैंकर्स संघका अनुसार सीडी रेसियो ८९.६८ प्रतिशत रहेको छ ।
एक सातामा नै वाणिज्य बैंकहरुले ५९ अर्ब रुपैया निक्षेप संकलन गरेका छन् । गत पौष १६ गते ४२ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले पौष २३ गतेसम्ममा ५९ अर्ब रुपैयाँ बढेर ४३ खर्ब ७ अर्ब रुपैयाँ निक्षप संकलन गरेका हुन् । यता कर्जा लगानी एक सातामा ८ अर्ब रुपैयाँ गरेका छन् ।
पौष १६ गते ४० खर्ब ९९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका वाणिज्य बैंकहरुले पौष २३ गतेसम्म ८ अर्ब बढेर ४१ खर्ब ८ अर्ब कर्जा लगानी गरेका हुन् । पछिल्लो २३ दिनमा वाणिज्य बैंकहरुमा ७० अर्ब निक्षेप बढेको छ भने २३ अर्ब लगानी बढेको छ । मंसिर मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४२ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए भने ४० खर्ब ८४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।