आन्दोलनकारीका माग सम्बोधनको पहल भइरहेको छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले देशलाई संवैधानिक दायराभित्र रही वर्तमान विषम परिस्थितिबाट निकास दिन सकिने उपाय खोजिरहेको बताएका छन्।

विहीबार विज्ञप्ति जारी गर्दै आम नागरिकलाई सम्बोधन गर्ने क्रममा उहाँले लोकतन्त्रको संरक्षण र शान्ति–सुव्यवस्था कायम राख्नका लागि आफू निरन्तर विचार–विमर्श र प्रयासरत रहेको स्पष्ट गर्नुभयो।

राष्ट्रपतिले आन्दोलनरत नागरिकका जायज माग सम्बोधन गर्न पहल भइरहेको र समस्याको छिटो समाधान खोजिने विश्वास दिलाउँदै संयमता अपनाएर शान्ति–सुव्यवस्था कायम गर्न सबैसँग सहयोग गर्न आग्रह गर्नुभएको छ।

प्रतिक्रिया