लगातार घटेको सुनको मूल्य, बुधबार महँगियो

काठमाडौंं - लगातार २ दिन  सस्तिएकाे सुनको भाउ बुधबार महंगिएको छ । असोज २६ गते, सुन तोलामा २०० रुपैयाँले बढेको छ । तर चाँदीको भाउ भने आज सस्तिएको छ ।

यस दिन छापावाल सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार भने सुनको भाउमा भारी गिरावट देखिएको थियो । हिजो सुन तोलामा नै एक हजार २०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य भने सस्तिएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार २०० रुपैयाँमा झरेको छ ।

चाँदीको मूल्य निरन्तर तेश्रो दिन सस्तिएको हो । यसअघि मंगलबार पनि चाँदी तोलामा १५ रुपैयाँले घट्दा प्रतितोला एक हजार २१५ रुपैयाँमा किनबेच भएको थियो । तीन कारोबार दिनमा चाँदी प्रतितोला ५५ रुपैयाँले सस्तिइसकेको छ ।

प्रतिक्रिया