काठमाण्डौ। नेपाली हिन्दु नारिहरुको पर्व हरितालिकालाई लक्षित गरी तीज गीतहरु सार्वजनिक हुने क्रम निकै बाक्लिएको छ। तीज आउन एक महिना जति बाँकी रहेको अवस्थामा तीज गीतहरु सार्वजनिक हुने क्रमले तीव्रता पाएको हो।
यसै अवसरमा आयन न्यौपानेको नयाँ तीज गीत "लाहुरे भेना" भर्खर मात्र सार्वजनिक भएको छ। अडियो र भिडियो उत्कृष्ट रहेको सो गीतलाई दर्शक-श्रोताहरुले समेत मन पराइरहेका छन्। पर्वतका सर्जक आयन न्यौपानेको शब्द र संगीत रहेको गीत शिशिर पौडेलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। विश्वास नेपालले संगीत संयोजन, लक्ष्मण विश्वकर्माले रेकर्डिङ र विनोद परियारले मिक्सिङ-मास्टरिङ गरेका उक्त गीत हाल बजारमा आइरहेका तीज गीतहरूभन्दा फरक शैलीको रहेको छ। पूर्णकला बिसी र तेजश रेग्मीको आवाज रहेको गीतको भिडियोको निर्देशन राजकुमार मगरले गरेका हुन्।
गीतको भिडियोमा विजय बुढा मगरको कोरियोग्राफीमा शिशिर पौडेल, एलिना रायमाझी, गोविन्द विवश र टंक डुम्रेको आकर्षक नृत्यसहित अभिनय हेर्न पाइन्छ। भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् भने निर्देशक मगरले नै सम्पादन गरेका हुन्।