उपमहानगर कार्यालयमा आगजनीपछि इटहरी क्षेत्र कर्फ्यूमा

सुनसरीको इटहरीमा जेन–जी समूहको प्रदर्शन हिंसात्मक बनेपछि जिल्ला प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र प्रसाद मिश्रले मंगलबार एक सूचना जारी गर्दै इटहरी उपमहानगरको चारकिल्लाभित्र कर्फ्यू लागू हुने जानकारी दिएका छन्।

प्रशासनले तोकेको सीमाअनुसार, उत्तरतर्फ हलगडा स्थित नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकसम्म, पूर्वतर्फ मिलन चोकदेखि विकास चोकसम्म, दक्षिणतर्फ अख्तियारको कार्यालयदेखि यातायात कार्यालय, साथी पेट्रोल पम्प हुँदै बसपार्क क्षेत्रसम्म र पश्चिमतर्फ कलंकी मोडदेखि जनता बस्तीसम्म कर्फ्यू आदेश लागू गरिएको छ।

मंगलबार प्रदर्शनकारीहरूले इटहरी उपमहानगर कार्यालयमा प्रवेश गरी तोडफोड तथा मेयर हेमकर्ण पौडेलको कार्यकक्षमा आगजनी गरेका थिए। स्थिति नियन्त्रण बाहिर जाँदा प्रशासनले कर्फ्यू जारी गरेर सुरक्षात्मक कदम चाल्न बाध्य भएको प्रजिअ मिश्रले बताए।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय