७ सय कित्ता सम्म आवेदन दिन पाउने आइपीओमा आवेदन दिने भोलि अन्तिम मिति

काठमाडौैं । सान्जेन जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने भोलि अर्थात असोज ४ गते अन्तिम मौका रहेको छ ।

कम्पनीले भदौ ५ गते प्रतिकित्ता १०० अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा जारी गरेको हो ।

कम्पनीको आईपीआमा रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ चिलिमे, प्रभावित वर्ग आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोजुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर १,२,३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरूले आवेदन दिन सक्नेछन् ।

 

प्रतिक्रिया