• गृहपृष्ठ /
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • मुख्य खबर ,
  • अर्थतन्त्र

१८ कम्पनीको ६ अर्बको आइपीओ आउने तयारीमा,कुन कुन कम्पनीको शेयर आउँदै छ त ?

काठमाण्डौ - के तपाईं प्राथमिक शेयरमा लगानी गरी राम्रो कमाई गर्ने सोचमा हुनुहुन्छ ? यदि त्यसो हो भने हजुरको लागि खुसीको खबर छ । 

नेपालमा १८ कम्पनीहरुको ६ अर्ब हाराहारीको प्राथमिक शेयर निष्काशनको प्रक्रियामा रहेको छ । नेपालमा डिम्याट खाता खोल्ने ४० लाख पुग्नै लागेको बेला आइपीओले सबैको ध्यान तान्ने गरेको छ । 

यही असारमा ३ कम्पनीको शेयर निष्कासन हुने पक्का भएको छ भने आगामी दिनमा १८ कम्पनीको शेयर आउने तय हुँदै छ । नियामक निकायमा स्वीकृतिको लागि अहिले सबै कम्पनीको शेयर प्रकृयामा रहेको छ । 

सयपत्री जलविद्युतको ९० करोड देखि डिस होमको २३ करोड सम्मको शेयर निष्कासनको प्रक्रियामा रहेका छन् । 

शेयर आउनेमा अधिकांस जलविद्युत कम्पनी रहेका छन भने इन्स्योरेन्स र लघुवित्त पनि यो लहरमा छन् । 

प्रतिक्रिया