१७ अर्ब ३ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान निर्यात भएका छन्। यो रकम गत वर्षको सोही अवधिको तुलनामा १० अर्ब ९८ करोड रुपैयाँले बढी हो। गत आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट करिब ६ अर्ब ५ करोड रुपैयाँ मूल्यका वस्तु निर्यात भएका थिए।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार यस अवधिमा निर्यात दर उल्लेखनीय रूपमा बढेको छ। उनले गत वर्षको तुलनामा यस वर्षको पहिलो दुई महिनामा निर्यात १८१ प्रतिशतले वृद्धि भएको जानकारी दिए। उनका अनुसार गत वर्ष वैदेशिक व्यापारमा निर्यात र आयातको अनुपात १:२० रहेकोमा यो वर्ष सो अनुपात सुधार भई १:६० पुगेको छ।
यस अवधिमा मात्र ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको ४ करोड २८ लाख लिटरभन्दा बढी भटमासको प्रशोधित तेल निर्यात भएको छ। गत वर्षको सोही अवधिमा भने मात्र ४८० लिटर भटमासको तेल निर्यात भएको थियो।
त्यस्तै, १ अर्ब २४ करोड रुपैयाँ बराबरको १ करोड २६ लाख लिटरभन्दा बढी फलफूलको जुस निर्यात भएको छ। गत वर्ष यस्तै अवधिमा १ अर्ब २९ करोड रुपैयाँ बराबरको १ करोड ३६ लाख लिटर जुस निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।
यसैगरी, चालु आवको दुई महिनामा १ अर्ब १७ करोड रुपैयाँ बराबरको ३ करोड ४१ लाख लिटर सूर्यमुखीको प्रशोधित तेल पनि निर्यात भएको छ। गत वर्ष यस्तै अवधिमा यस वस्तुको निर्यात नगण्य मात्रामा मात्र भएको थियो।