लोप हुँदै गएको घुमाउने घरमा प्रेम जाल बुन्दै गायक रमेश ( भिडियो सहित)

काठमाडौं - युवा गायक साथै सर्जक रमेश सार्थक र गायिका लक्ष्मी दाहालको स्वरमा नयाँ गीत ‘ घुमाउने घर ’ सार्वजनिक भएको छ ।

गाउँमा रहेका परम्परागत घुमाउने घर लोप हुँदै गइरहेका बेला गीतमा यसलाई उठाउन खोजिएको छ । साथै प्रेम सँग परम्परालाई जोड्ने काम समेत निर्माण युनिटले गरेको छ । 

 गीतको शब्द प्रकाश पौडेलले लेखेका छन् भने खेम पुनको संगीत रहेको छ । गीतमा याम थापा मगरले संगीत – संयोजन गरेका छन । 

 गीतले भिडियो मार्फत गाउँले केटी र शहरिया केटी बीचको प्रेम र घरबार देखाइएको छ । गोविन्द न्यौपाने र हिमानी थापाले म्युजिक भिडियोमा अभिनय गरेका छन् । भिडियो टिकाराम आचार्यले निर्देशन गरेका हुन् । 

 

प्रतिक्रिया