निराश लगानीकर्तालाई दोहोरो अंकको बृद्धिले राहत,कारोबार रकम भने सात अर्व मात्र

काठमाण्डौ - निरन्तर ओरालो लागेर लगानी कर्ता निराश बनाएको नेप्से आज भने दोहोरो अंकले बढेको छ । 

साताको पहिलो दिन आइतबार नेप्से २७ अंकभन्दा धेरैले बढेर २८७० विन्दुमा पुगेको छ भने कारोबार रकम घटेर ७ अर्व १६ करोड रुपैयाँमा झरेको छ । 

यो अवधिमा आज २२७ कम्पनीहरुको ८२ हजार भन्दा धेरै पटक शेयर खरिद विक्री भएको छ । कारोबार भएका मध्य ८२ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ९६ कम्पनीहरुको शेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । आज नेश्नल जलविद्युत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ भने सेञ्चुरी बैक र उपर तामाकोशी जलविद्यतुको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ । 

कारोबार भएका मध्य धेरै जसो कम्पनीको शेयर मूल्य बढेपछि नेप्से उकालो लागेको हो । आज कारोबार भएका मध्य विकास बैक,वित्त,होटल तथा इन्स्योरेन्स उपसूचक भने घटेका छन भने बैक र जलविद्युत उपसूचक सबैभन्दा धेरै बढेका छन । 

 

साताको पहिलो दिन आइतबार नेप्से २७ अंकभन्दा धेरैले बढेर २८७० विन्दुमा पुगेको छ भने कारोबार रकम घटेर ७ अर्व १६ करोड रुपैयाँमा झरेको छ । 

प्रतिक्रिया