काठमाडौं–माछापुच्छ्रे बैंक लिमिटेडले शेयरधनीलाई बानेस शेयर दिने भएको छ । कम्पनीको २३औं वार्षिक साधारण सभाले बोनस शेयरसहित लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ दशमलव ३० प्रतिशत बोनश शेयर कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभामा गत आर्थिक वर्षको वित्तीय विवरण छलफल तथा पारित गर्ने, गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका विषयहरुमाथि छलफल गरी पारित भएको छ ।
त्यसैगरी सभामा अन्य उपयुक्त बैंक तथा वित्तयि संस्था एक आपसमा गाभ्न गाभिन तथा वैदेशिक रणनीति साझोदारीमा जान उपयुक्त देखिएको सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित भएको छ ।