महंगीले आकाश छुँदै,फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौ - नेपाल आयल निगमले मंगलबार फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमका अनुसार मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको हो । 

यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९ पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ११२ रुपैयाँ पुगेको छ। 

यस्तै हवाइ इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर रु २ बढेर ८४ कायम गरिएको छ भने हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) अमेरिकी डलर १९ ले वृद्धि गरी ७५४ प्रतिकिलोलिटर कायम गरिएको छ । यस्तै खाना पकाउने ग्यास प्रति सिलिन्डर रु २५ बढाएर १४२५ रुपैयाँ कायम गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया