आविष्कार केन्द्रद्वारा सरकारी अस्पतालका बिग्रिएर थन्किएका उपकरण मर्मतपछि पुनः सञ्चालनमा

काठमाडौँ: सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले ५ वर्षदेखि थन्काएको अटोक्लेभ मेसिनलाई राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरी पुनः सञ्चालनमा ल्याएको छ। अस्पतालले नयाँ मेसिन खरिदमा एक करोडभन्दा बढी खर्च गर्ने योजना बनाएको थियो।

आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र स्वास्थ्यमन्त्री प्रदीप पौडेलबीच संघीय अस्पतालका उपकरण मर्मत र व्यवस्थापन गर्न सम्झौता भएपछि केन्द्रले यो काम थालेको हो। हाल केन्द्रका बायोमेडिकल इन्जिनियर उमेश किराँतीको नेतृत्वमा २० इन्जिनियरले देशभरका विभिन्न अस्पतालका उपकरण मर्मत गरिरहेका छन्।

केन्द्रले गंगालाल अस्पतालका ५ वर्षदेखि प्रयोगविहीन उपकरणसहित हालसम्म ३४० भन्दा बढी उपकरण मर्मत गरेको छ। इन्जिनियर अधिकारीको टिमले डिफिब्रिलेटर, सिरिन्ज पम्प, ईसीजी मेसिन, र अन्य उपकरण मर्मत गरी पुनः प्रयोगयोग्य बनाएको छ।

अस्पतालका सूचना अधिकारी सुदीपचन्द्र दाहालका अनुसार उपकरण सञ्चालनमा आएपछि बिरामीलाई रेफर गर्नुपर्ने बाध्यता हटेको छ।

आविष्कार केन्द्रले अब भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल, र नारायणी अस्पतालसँग सहकार्य गरी उपकरण मर्मत गर्ने योजना बनाएको छ। सरकारी अस्पतालमा उपकरण मर्मत सम्भव भएमा उपचार सेवा प्रभावकारी र सस्तो हुने केन्द्रका इन्जिनियरहरूले बताएका छन्। Today Kantipur daily..

प्रतिक्रिया