काठमाण्डौ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १३.५९ अंकले घटेर समग्र बजार १९१२ अङ्कमा झरेको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि खासै उत्साह देखिएको छैन । आज पनि कारोबार रकम केवल ८३ करोडमा सीमित भएको छ । नेप्सेमा निरन्तर ओरालो लागेसँगै लगानीकर्ता समेत निराश बन्दै गएका छन ।
आज दिनै भरिमा २२५ कम्पनीहरूको शेयर किनबेच भएकोमा केवल २८ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको शेयर मूल्य घटेको छ । सोमबार नबिल बैंकको शेयर सबै भन्दा धेरै मूल्यमा कारोबार भएको छ ।