काठमाडौंं - बैंक तथा वित्तिय संस्थाहरुको निक्षेप संकलन ८ अर्बले बढेको छ । निक्षेप संकलन बृद्धि भएसंगै कर्जा निक्षेप अनुपात(सिडि रेसियो) मा पनि सुधार आएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर १३ गते, मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ८ अर्बले बढेर ५१ खर्ब ९३ अर्ब पुगेको छ । मंसिर १२ गते, सोमबारसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ५१ खर्ब ८५ अर्ब रहेको थियो ।
यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ९ अर्बले बढेर ४५ खर्ब ७२ अर्ब रूपैयाँ पुगेको छ । यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४७ खर्ब ६१ अर्ब रूपैयाँमा स्थिर रहेको छ ।
औसतमा ८६.८८ प्रतिशत रहेको सीडी रेसियो घटेर ८६.७५ प्रतिशतमा झरेको छ।