काठमाण्डौ । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७।७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १८।५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।९७ प्रतिशत नगद लाभांश गरि कुल १९।४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।
हाल बैंकको चुक्ता पुंजी २ अर्ब ६५ करोड १९ लाख ६३ हजार रहेको छ। यस अघि माछापुच्छ्र्रे बैक र सानीमा बैकले समेत लाभाशं घोषणा गरिसकेका छन ।