पाँचथर बोलेरो दुर्घटना : ५ जनाको मृत्यु, ६ जना घाइते

सांकेतिक तस्बिर

काठमाडौं । पाँचथरको फिदिमतर्फ जाँदै गरेको बोलेरो गाडी तमोर कोरिडोरको कात्तिके भन्ने स्थानमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन्। बोलेरोमा ११ जना यात्रु सवार रहेका थिए।

 

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलका अनुसार घटनास्थलमै पाँच जनाको मृत्यु भएको हो। गाडी सडकबाट झन्डै पाँच सय मिटर तल खसेको जनाइएको छ।

 

दुर्घटनापछि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा संलग्न छन्। घाइतेमध्ये पाँच जनालाई धरान लगिएको छ भने एक जनाको उपचार फिदिममा भइरहेको छ।

 

यस घटनापछि प्रमुख जिल्ला अधिकारी पोखरेल, प्रहरी डिएसपीलगायतको टोली समेत घटनास्थलमै पुगेर उद्धार कार्यमा खटिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय