दुई लघुवित्तको सवा ४ लाख कित्ता शेयर बिक्रीमा


काठमाडौं–शेयर खरिद गर्ने योजनामा हुनुहुन्छ । दुई लघुवित्त कम्पनीले करिव सवा चार लाख कित्ता शेयर लिलाम बिक्रीमा राखेका छन् । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ३ लाख १९ हजार ६४ कित्ता र मेरो फाइनान्स लुघवित्त वित्तीय संस्थाको १ लाख ६ हजार ३९कित्ता शेयर बिक्रीमा राखेका छन् ।


एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको आरएमडिसी र मेरो फाइनान्स लघुवित्तको  संस्थापक समूहको शेयर आजबाट बिक्रीमा राखेको हो । आरएमडिसीको शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४ सय ८१ रुपैयाँ राखिएको छ भने मेरो फाइनान्सको प्रति कित्ता ५सय ४१ रुपैयाँ राखिएको छ ।


शेयर खरिद बोलपत्रमार्फत बढाबढमा हुने एनआइसी एसिया क्यापिटलले जनाएको छ । शेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी, संस्थाले साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।


 

प्रतिक्रिया