काठमाडौं – लोकप्रिय गायक तथा सर्जक बद्री सापकोटाले नेपाली संगीत क्षेत्रमा लगातार सफलता पाइरहेका छन्। "बस् बस् पियारी" गीतबाट चर्चामा आएका सापकोटाका अधिकांश गीतहरू सफल भइरहेका छन्।
यसै क्रममा, उनले गाएको "युके बस्ने माया" ले छोटो समयमा नै एक करोड दर्शक पाएको छ। उनले सामाजिक सञ्जालमार्फत यो उपलब्धिको जानकारी दिँदै सबैलाई धन्यवाद व्यक्त गरेका छन्।
गीतको रचना बद्री सापकोटा र भिनय अधिकारीले गरेका हुन्। बद्री सापकोटा र शान्ति श्री परियारको स्वर रहेको यस गीतको निर्देशन विक्रम चौहानले गरेकाछन्।