मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलद्धारा संसद अधिवेशन अन्त्य

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि सङ्घीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गर्ने घोषणा गरेका छन्।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका हुन्।

सोमबारको मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

 

प्रतिक्रिया