तारापति सुवेदीले पूर्णकलासँग पछ्यौरी माग्दै 

काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा दुइ दशक भन्दा लामो समय सफल यात्रा गरिसकेका लोकप्रिय गायक तथा कुशल सर्जक तारापति सुवेदीको नयाँ गीत देउ मलाई पछ्यौरी भर्खर मात्र सार्वजनिक भएको छ । 

सुवेदीको आफ्नै लय तथा शब्द सिर्जना रहेको गीतमा उनलाई आवाजमा गायिका पूर्णकला बिसीले साथ दिएकी छन । माया प्रेमलाई विषय बनाई गीतमा उत्कृष्ट शब्द तथा सुमधुर लय सिर्जना गरिएको छ । 

गीत सार्वजनिक भएपछि हामीसँग कुरा गर्दै गायक सुवेदीले आफुहरुलाई गीतको बारेमा राम्रो प्रतिक्रियाहरू आइरहेको बताउनु भएको छ । गीतको म्युजिक भिडियो दीपक अधिकारीले निर्देशन गरेका छन भने रुविना अधिकारी,माधव त्रिपाठी,रामचन्द्र अधिकारी,दिपक अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । 

 

प्रतिक्रिया