नेप्से परिसूचक ११ दशमलव ६० अंकले घट्यो, ४ अर्ब ५ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक बुधबार दोहोरो अंकले घटेको छ ।

आज नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेर २,०६० को विन्दुमा कायम भएको छ । योसँगै, आइतबारदेखि मंगलबारसम्म बढेको शेयर बजार आज भने ओरालो लागेको छ । आज ५७ कम्पनीको मूल्य बढेको छ भने १९६ कम्पनीको घटेको छ ।

दिनभरिमा ३०५ कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्सको भएको छ। यस कम्पनीको १६ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भयो । त्यस्तै, गुडविल फाइनान्सको १५ करोड १६ लाख रुपैयाँ बराबर र एनआरएनको १३ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कमाउने लगानीकर्ता भने नेपाल फाइनान्सका रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ५५ प्रतिशतका दरले कमाएका छन् । शिव श्री हाइड्रोपावरका लगानीकर्ताले ७ दशमलव २६ प्रतिशतका दरले कमाएका हुन् । गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशमलव १३ प्रतिशतका दरले कमाएका छन् ।

सबैभन्दा बढी गुमाउने लगानीकर्ता भने साधना लघुवित्त वित्तीय संस्थाका रहेका छन् ।

प्रतिक्रिया