देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न, करिब ६० प्रतिशत मत खसेको अनुमान

काठमाडौं । निर्वाचन आयोगले आज भएको मतदान समग्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ।

मतदान सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रारम्भिक अनुमानअनुसार करिब ६० प्रतिशत मत खसेको जानकारी दिए। विस्तृत विवरण सङ्कलन भइरहेको उनले बताए।

उनका अनुसार केही मतदान केन्द्रमा मतदान जारी रहे पनि अधिकांश स्थानमा छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। साथै, मतपेटिका सङ्कलन हुनेबित्तिकै मतगणना प्रक्रिया सुरु गरिने उनले जानकारी दिए। दुर्गम क्षेत्रका १५ जिल्लामा रहेका विभिन्न ६१ स्थानबाट हेलिकप्टरमार्फत मतपेटिका सङ्कलन गर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया