सानिमा बैंकका शेयरधनीले बोनस शेयर पाउने


काठमाडौं– सानिमा बैंकले आफ्ना शेयरधनीलाई बोनस शेयर दिने भएको छ । बैंकले बैंकले १७ प्रतिशत बोनश शेयर दिने तयारी गरेको छ ।
बैंकको साधारण सभा आज कार्तिक १४ गते हुँदैछ ।


बैंकले प्रस्ताव गरेको १७ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०।८९ प्रतिशत नगद लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत पाइसकेको छ । बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ६८ करोड रुपैयाँ छ ।प्रस्तावित बोनश शेयर वितरण पछि भने चुक्ता पूँजी ११ अर्ब ३२ करोड रुपैयाँ पुग्नेछ । सभाले संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरुको निर्वाचन गर्ने कार्यतालिका रहेको छ ।


बैंकले प्रस्ताव गरेको लाभांश कार्तिक ६ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्ने भएका छन् । साधारणसभा प्रयोजनका लागि कार्तिक ७ गते एक दिन बुक क्लोज भएको थियो । बुक क्लोजको अघिल्लो दिन अर्थात कार्तिक ६ गतेसम्म कायम  शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।
 

प्रतिक्रिया