काठमाडौं - केहीसमय अघि हकप्रद सेयर निष्काशनको घोषणा गरेको नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।
शेयर धनीहरुले बैंकको १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको आवेदन दिन सक्नेछन् । बैंकले हाल कायम चुक्ता पुजीको १ सय रुपैयाँ अंकित दरका १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद बिक्री खुला गरेको हो ।
बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा नारायणी डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । बैंकको हकप्रद शेयरमा पौष २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।हकप्रद शेयर निष्काशनका लागि बैंकले मंसिर २४ गते शुक्रबार बुकक्लोज गरेको थियो । त्यसैले, मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंकलाई इक्राएनपी आईआर सिंगल सी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न ज्यादै उच्च जोखिममा रहेको संकेत गर्दछ।