काठमाण्डौं- पछिल्लो समय प्राथमिक सेयर निष्कासनको क्रम चाहिँ केही रोकिएको छ।
निष्कासनको पाइपलाइन धेरै कम्पनीहरु रहेका छन् ।
अहिले धितोपत्र बोर्ड अध्यक्ष विहिन बनेको छ त्यसैले आइपीओ अनुमतिको काम ठप्प जस्तै छ । आगामी दिनमा प्राथमिक शेयरमा धमाधम निष्कासन हुँदै छन् । अहिले पनि ५० हाराहारी कम्पनीहरु यसको पाइलाइनमा रहेका छन् ।
यस अगाडिका धितोपत्र बोर्डका प्रमुख आफ्नो कार्यकाल सकिएर बिदा भएका छन्। उनको कार्यकाल पनि विवादरहित भने बन्न सकेन केही कम्पनीको आइपिओ निष्कासनमा दिएको अनुमति उपर अख्तियार र सम्पत्ति शुद्धिकरण आयोगले समेत छानबिन गरिरहेका छन् ।
सरकारले धितोपत्र बोर्डको अध्यक्ष चयनको लागि प्रक्रिया अगाडि बढाउन नसक्दा पाइपलाइनमा रहेका धेरै नयाँ कम्पनीहरू समस्यामा परेका छन्। यसले समग्र विकासलाई नै असर गर्ने कतिपय जानकारहरूको भनाइ छ।
प्राथमिक सेयर राइट सेयर म्युचुअल फन्ड र ऋणपत्र लगायतका धेरै कामहरु अहिले धितोपत्र बोर्डको पाइपलाइनमा रहेका छन्। अध्यक्ष नहुँदा यस्ता खालका निर्णयहरु हुने गरेका छैनन् । यता सरकार भने जति सक्यो छिटो बोर्डको अध्यक्ष चयन गर्ने तयारीमा रहेको छ।