लगातार घटिरहेको सुनको मूल्य आज एक्कासी बढ्यो, कति पुग्यो तोलामा

काठमाडौंं - सुनचाँदीको भाउ ११ दिनपछि बढेको छ । साउन २९ गते यता लगातार घटिरहेको सुनचाँदीको भाउ भदौ ८ गते भने वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको छ ।

अर्कोतर्फ,चाँदी पनि ताेलामा पाँच रूपैयाँले महंगिएको छ ।बुधबार छापावाल सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला पुगेको छ । मंगलबार भने सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला ९५ हजार रुपैयाँमा झरेको थियो ।

सुनको भाउ गत साताको आइतबारदेखि सस्तिइरहेको थियो । तर बुधबार त्याे क्रमभंग भएको छ । ११ दिनमा सुन २ हजार ५०० रुपैयाँले घटिसकेको छ ।

बुधबार चाँदीको मूल्य पनि महंगिएको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार १६५ रुपैयाँ पुगेको छ ।

अघिल्लो कारोबार दिन भने चाँदीको मूल्य पाँच रुपैयाँले ओरोलो लाग्दा प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पछिल्लो ११ दिनमा ८५ रुपैयाँले गिरावट भएको छ । साउन महिनाको २९ गते, आइतबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा खरिदबिक्री भएपनि त्यसयताका दिनमा चाँदी निरन्तर रुपमा घटिरहेको थियो ।

प्रतिक्रिया