अत्यावश्यक कामका लागि बिहान–साँझ आवतजावत अनुमति

काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा र कर्फ्यूलाई क्रमशः खुकुलो पार्ने निर्णय गरेको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भदौ २६ गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी रहनेछ। त्यस्तै, सोही दिन बेलुकी ७ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्म कर्फ्यू लागू हुनेछ।

नागरिकले भदौ २६ गते बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामका लागि आवतजावत गर्न सक्नेछन्। एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, खाद्यान्न तथा औषधि ढुवानीका सवारी साधनलाई रोक नलगाइने स्पष्ट गरिएको छ।

सरकारी कार्यालय र वित्तीय संस्थाका कर्मचारीले परिचयपत्र देखाएर कार्यालय जान पाउनेछन्। विमानस्थल जानुपर्ने यात्रुले आफ्नो टिकट प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ। सेनाले सुरक्षाकर्मीलाई सहयोग गर्न र आवश्यक पर्दा नजिकका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न नागरिकलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय