लोकप्रिय गायक राजन कार्कीको आवाजमा बुकी फुलेछ 

काठमाण्डौ । लोकप्रिय गायक तथा सर्जक राजन कार्कीको आवाज रहेको निकै सुमधुर गीत बुकी फुलेछ भर्खर मात्र सार्वजनिक भएको छ । 

माया प्रेमलाई विषय बनाइ तयार पारिएको गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनाइएको छ । गीतलाई विक्रम पौडेलले शब्द तथा लय सिर्जना गरेका छन । उनले गीत बनाउने निकै मेहनत गरेको प्रष्ट देख्न सकिन्छ । 

कुमार केसीले निर्देशन गरेको म्युजिक भिडियो पनि निकै दमदार बनेको छ । गीतमा अशोक पौडेल र जुना गुरुङले अभिनय गरेका छन । गीतलाई विक्रम पौडेल युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । 

 

प्रतिक्रिया