काठमाडौं । एकर्ड फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
एकर्ड फर्मास्युटिकल्सले ७ करोड ६ लाख ९० हजार ९०० रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ । अब कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा कुल ७ लाख ६ हजार ९०९ कित्ता आईपीओ जारी गर्नेछ ।