दुई जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गर्ने

काठमाडौं - पछिल्लो ससमय धेरै कम्पनीहरु आइपीओ निष्कासनको दौडमा रहेका छन् यसै बीच बुढानिलकण्ठ हेरिटेज र पुवा खोला-वान हाइड्रोपावरले सर्वसाधारणमा आइपीओ जारी गर्ने भएका छन्। 

बुढानिलकण्ठ हेरिटेजले पुस २७ गते कम्पनीको रजिस्ट्रार कार्यालयमा साधारणसभा बोलाएको छ। सभामा कम्पनीले चुक्ता पूँजीको १५ प्रतिशत सार्वजनिक निष्काशन गर्ने प्रस्ताव अघि सारेको हो।

यस्तै पुवा खोला-वान हाइड्रोपावरले पुस २६ गते बोलाएको छैठौ वार्षिक साधारणसभामा प्रारम्भिक शेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको छ।

साधारणसभाले पारित गरेपछि दुबै कम्पनीले आइपीओ निष्काशनको प्रकृया अघि बढाउने छन्।

प्रतिक्रिया