रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाडौ - भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले अग्रता बनाएकी छन् ।
३१ हजार ६९३ मत गणना हुँदा मेयरका उम्मेदवार उनले २१९८ मतको अग्रता बनाएकी छन् । अहिले भरतपुर महानगरपालिका वडा नम्बर ७ र ८ को मत गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जसअनुसार दाहालले ११७१६ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले ९५१८ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५१४७ मत पाएका छन् ।
उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १३८९१ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ७७२८ मत पाएकी छन् ।