२०८१/८२ मा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन उल्लेख्य वृद्धि

काठमाडौं । जीवन बीमा कम्पनीहरूले नयाँ व्यवसाय (प्रथम बीमा शुल्क) आर्जनमा गत आर्थिक वर्षमा करिब १७ प्रतिशत वृद्धि गरेका छन्। नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको २०८१/८२ को चौंथो त्रैमासिक वित्तीय विवरणअनुसार, जीवन बीमा कम्पनीहरूको कुल प्रथम बीमा शुल्क अघिल्लो वर्षको तुलनामा १६.९६ प्रतिशतले बढेको हो।

गत आवमा कम्पनीहरूले ४० अर्ब १७ करोड ६० लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेका छन्। अघिल्लो आवमा यो रकम ३४ अर्ब ३४ करोड ९३ लाख रुपैयाँ मात्र थियो।

कुल बीमा शुल्क आर्जनमा प्रथम बीमा शुल्कको योगदान २२.१४ प्रतिशत रहेको छ। ठूला जीवन बीमा कम्पनीहरूले गत आवमा १ खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए।

सबैभन्दा धेरै नयाँ व्यवसाय नेपाल लाइफ इन्स्योरेन्सले आर्जन गरेको छ। कम्पनीले एक वर्षमै १० अर्ब ४९ करोड ५१ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३०.८१ प्रतिशत बढी हो। यसले कुल नयाँ व्यवसायमा २६.१२ प्रतिशत योगदान पुर्‍याएको छ।

यसपछाडि नेशनल लाइफ (१५.६७% वृद्धि) र सूर्यज्योति लाइफ (२१.१२% वृद्धि) रहेका छन्।
अघिल्लो वर्षको तुलनामा सबै कम्पनीको व्यवसाय बढ्दा पनि सन नेपाल लाइफको भने २५.५८ प्रतिशतले घटेको छ।

सबैभन्दा बढी प्रतिशत वृद्धि गर्नेमा प्रभू महालक्ष्मी लाइफ (४६.९८%) र राष्ट्रिय जीवन बीमा (४६.७०%) रहेका छन्।

 
२०८१ असार मसान्त सम्मका नेपाली बीमा कम्पनीहरूको प्रिमियम आवद्धता (लाख रुपैयाँमा)
क्रम कम्पनीको नाम २०८१ असार मसान्त २०८० असार मसान्त फरक %
1 नेपाल लाइफ 104,951.47 80,230.37 30.81
2 नेशनल लाइफ 58,493.85 50,586.48 15.67
3 हिमालयन लाइफ 28,036.62 25,723.42 8.99
4 एलआइसी नेपाल 30,381.71 26,037.11 16.64
5 सूर्यज्योति लाइफ 30,691.05 25,337.52 21.12
6 सिटिजन लाइफ 21,843.79 19,613.75 11.36
7 एशियन लाइफ 21,424.56 19,290.29 11.04
8 सानिमा रिलायन्स 19,484.86 18,781.45 3.80
9 सन नेपाल लाइफ 11,641.75 15,637.02 -25.58
10 आइएमई लाइफ 16,800.82 16,013.26 4.95
11 रिलायवल नेपाल लाइफ 16,388.48 14,754.36 11.09
12 मेट लाइफ 9,301.82 8,390.82 10.85
13 प्रभू महालक्ष्मी लाइफ 15,987.87 10,878.95 46.98
14 राष्ट्रिय जीवन बीमा 11,118.16 7,579.76 46.70
जम्मा 401,760.83 343,493.45 16.96

 

प्रतिक्रिया