• गृहपृष्ठ /
  • समाचार ,
  • Breaking News ,
  • मुख्य खबर ,
  • सूचना/प्रविधि

काठमाडौं महानगरपालिकाले निकाल्यो ३५ दिने सूचना, अटेर गर्नेलाई कारबाही गर्ने चेतावनी

काठमाडौंँ - काठमाडौं महानगरपालिकाले सरकारी, निजी कार्यालय परिसरमा रहेका फोहोर व्यवस्थापन गर्न आग्रह गरेको छ।महानगरभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था र गैरसरकारी संस्था वा अन्य प्रकृतिका निजी कार्यालय परिसरमा फोहोरमैला थुप्रिएकोले हटाउन महानगरले सूचना निकालेर आग्रह गरेको हो।

कार्यालय परिसर नियमित रूपमा सरसफाइ नगर्दा फोहोर थुप्रेका छन्। यस्ता फोहोर ३५ दिनभित्र हटाउन पनि महानगरले भनेको छ। तोकिएको समयभित्र फोहोर नहटाएमा सम्बन्धित कार्यालयबाटै खर्च असुल गर्ने गरी महानगरले फोहोर व्यवस्थापन गर्नेछ।कार्यालय परिसरका फोहोर व्यवस्थापन गरी सहरलाई सफा राख्न पनि महानगरले आग्रह गरेको छ।

प्रतिक्रिया

//