• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • अर्थतन्त्र

युनियन लाईफको आईपीओ भर्नेका लागि खुसीको खवर,आजै बाँडफाँड हुने

काठमाण्डौ - केहि समय अघिमात्र प्राथमिक शेयर सार्वजनिक गरेको युनियन लाईफ इन्स्यारेन्सले आजै बेलुकी बाँडफाँड गर्ने तयारी गरेको छ । 

आज प्रिअलोटमेन्ट सम्पन्न गरेर आज शेयर बाँडफाँड गर्ने गरि काम अघि बढिरहेको विक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ । 

कम्पनीले असार २४ गते, बिहीबारबाट असार २८ गते, सोमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर  निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ ।

कम्पनीको अन्तिम दिन सम्ममा  दिन २१ लाख ७२ हजार ८ सय ६८ आवेदकबाट ३ करोड ४० लाख १० हजार ८ सय ९० कित्ताको लागि आवेदन परेको हो । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ५।८५ गुणा बढी आवेदन हो  ।

भाग्यमानी ५ लाख ८० हजार ५ सय जना आवेदकले १० कित्ता सेयर हात पार्नेछन् । बाँकी आवेदकको भने हात खाली हुनेछ ।

प्रतिक्रिया