यिनै हुन कुटाकुट गरेर दाँत भाँच्ने जनप्रतिनिधि

काठमाडौं - जनताको सेवा गर्न गएका जनप्रतिनिधिहरुले बेलाबेलामा अचम्मको गतिविधि गर्दै आइरहेका छन् । 

यसैबीच सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट हुँदा अध्यक्ष मण्डलको दाँत भाँचिएको हो ।कुटाकुटमा अध्यक्ष सूर्यनारायण मण्डलको दुई वटा दाँत भाँचिएको छ भने उपाध्यक्ष उषाकुमारी मण्डललाई पनि हातमा चोट लागेको जनाइएको छ ।

मङ्गलबार गाउँ कार्यपालिकाको बैठकमा गहुँको विउ वितरण गर्ने विषयमा छलफल भइरहँदा अध्यक्ष र उपाध्यक्षबीच एकाएक  विवाद भएको छिन्नमस्ता गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष दिपेन्द्र प्रसाद यादवले बताए । 

उनले भने, ‘ बैठकमा सामान्य छलफल नै भइरहेको थियो । सोही क्रममा एक्कासी अध्यक्ष र उपाध्यक्षबीच विवाद बढ्दै कुटाकुट हुन थाल्यो, त्यसपछि हेर्दा थाहा भयो अध्यक्षज्यूको दुई वटा दाँत भाँचिएछ ।’

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय