१६ खर्ब ३२ अर्बको संशोधित नयाँ बजेट

काठमाण्डौ - सरकारले कुल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट ल्याएको छ । 

जसमा चालु खर्च ६ अर्ब ७७ अर्ब १९ करोड र पुँजीगत खर्च ३ खर्ब ७८ अर्ब १० करोड रहेको छ । 

सरकारले आर्थिक सहायता सहित लोकप्रिय बजेट सार्बजनिक गरेको छ । 

बजेटमा अर्थमन्त्री जनार्दन शर्माले मृगौला प्रत्यारोपण गरेका, सबै प्रकारका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार खर्च मासिक ५ हजार रुपैयाँ दिने घोषणा गरेका छन् । 

यस्तै राजनीतिक आन्दोलनमा लागेर जीवन गुमाएका ब्यक्तिको परिवारका लागि मासिक ३ हजार रुपैयाँ दिने ब्यवस्था गरेको जानकारी दिए । 

प्रतिक्रिया