काठमाडौं–दशैं अगाडि विभिन्न बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । करिव एक दर्जन बाणिज्य बैंक तथा विकास बैंकले लाभांश घोषणा गरेका हुन् ।दशैं अगाडिसम्म ९ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । जसमा सबैभन्दा बढी हिमालयन बैंक र सबैभन्दा कम कुमारी बैंकले सेयरधनीलाई लाभांश दिने भएका छन् ।
हालसम्म लाभांश घोषणा गरेका वाणिज्य बैंकमध्ये हिमालयन बैंकले सबैभन्दा धेरै २६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । जुन बैंकको पछिल्लो ३ वर्षयताको सबैभन्दा बढी हो । हिमालयन बैंकसँग मर्ज हुन लागेको नेपाल इन्भेष्टमेन्ट बैंकले ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने भएको छ ।
ग्लोबल आइएमईले १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद गरी १३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।त्यसैगरी नेपाल बंगलादेश बैंकले १२ प्रतिशत बोनस सेयर तथा ३.५ प्रतिशत नगद गरी १५.५ प्रतिशत लाभांश दिने भएको छ । यता स्ट्यान्डर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद गरी १३.०६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।माछापुच्छ्रे बैंकले १३.३ प्रतिशत नगद र ०.७ प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सानिमा बैंकले १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद गरी १७.८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यता कुमारी बैंकले भने लगानीकर्तालाई निराश बनाएको छ । बैंकले ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद गरी ८.६७ प्रतिशत मात्रै लाभांश घोषणा गरेको छ । सिटिजन्स बैंक इन्टरनेशनलले भने १२.९१ प्रतिशत बोनस सेयर र ३.०९ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश घोषणा गरेको छ ।
विकास बैंकमध्ये लाभांश घोषणा गरेका बैंकमध्ये सांग्रिला डेभलपमेन्ट बैंकले १० प्रतिशत बोनस तथा ०.५२ प्रतिशत नगद गरी १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।साथै, कामना सेवा विकास बैंकले ०.९७ प्रतिशत नगद र १९.५० प्रतिशत बोनस गरी १९.४७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।